असोज १ मा ऋषिराजको ‘चुरीफुरी’ « Khabarhub

असोज १ मा ऋषिराजको ‘चुरीफुरी’


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समसामयिक हास्य कथामा निर्माण गरिएको फिल्म ‘चुरीफुरी’ २०७८ सालको असोज १ गते प्रदर्शन हुने भएको छ ।

निर्देशक ऋषिराज आचार्यले शनिबार सामाजिक सञ्जालमा फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएका हुन् ।

फस्र्टलुक पोस्टरमा नवअभिनेता अभिषेक श्रेष्ठका साथमा नवअभिनेत्रीहरु पुजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङसँगै रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’ र सुरवीर पण्डित अटाएका छन् ।

फिल्ममा उनीहरुका साथमा ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल ‘जोया’, कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकको पनि अभिनय छ ।

आरबी मुभीजको ब्यानरमा निर्देशक स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्ममा राहुल राईको छायांकन छ । विमला भुसाल, राजेन्द्र खाती र शिव थापा सह–निर्माता रहेको फिल्मको गीतमा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।

भीमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्ममा विजय आचार्यको कला, निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : ३० बजे

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि

यस्तो बन्दैछ जेन-जी शहीद स्मारक पार्क (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै