असोज १ मा ऋषिराजको ‘चुरीफुरी’ « Khabarhub

असोज १ मा ऋषिराजको ‘चुरीफुरी’


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समसामयिक हास्य कथामा निर्माण गरिएको फिल्म ‘चुरीफुरी’ २०७८ सालको असोज १ गते प्रदर्शन हुने भएको छ ।

निर्देशक ऋषिराज आचार्यले शनिबार सामाजिक सञ्जालमा फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएका हुन् ।

फस्र्टलुक पोस्टरमा नवअभिनेता अभिषेक श्रेष्ठका साथमा नवअभिनेत्रीहरु पुजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङसँगै रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’ र सुरवीर पण्डित अटाएका छन् ।

फिल्ममा उनीहरुका साथमा ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल ‘जोया’, कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकको पनि अभिनय छ ।

आरबी मुभीजको ब्यानरमा निर्देशक स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्ममा राहुल राईको छायांकन छ । विमला भुसाल, राजेन्द्र खाती र शिव थापा सह–निर्माता रहेको फिल्मको गीतमा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।

भीमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्ममा विजय आचार्यको कला, निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ४ : ३० बजे

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं– मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक