कोमल वली भन्छिन्,‘बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु’ | Khabarhub Khabarhub

कोमल वली भन्छिन्,‘बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु’


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय सभा सदस्य तथा गायिका एवं सञ्चारकर्मी कोमल वलीको स्वर र सुन्दरताको जोकोहीले तारिफ गर्छन् । उनी जति राम्री छिन्, त्यति नै सुन्दर गीत पनि गाउछिन् ।

राष्ट्रिय सभाको बैठकमा उनी जनचासोको विषयलाई उठान गर्छिन् । यिनकै कोम लगत शनिबार काठमाडौंको जमलस्थित मायालु भवनमा रहेको सिल्क फेसनको वार्षिकोत्सवमा आफ्नो तारिफ आफैं गर्दैथिइन् ।

‘म शुरुदेखी नै यो फेसन हाउससँग जोडिएकी छु । यहाँका हरेक कस्ट्युम फिट पाएकी छु’, कोमलले भनिन्,‘मैले आफुले आफुलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु ।’

सिल्क फेसनकी संचालक र्सिजना पोखरेलले विगत सात वर्षदेखी आफ्नो डिजाईनका कस्ट्युमहरु ग्राहकले मन पराएको बताईन् ।

गायिका सुनिता दुलालले आफु सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गरिन् । उनलाई सिल्क फेसनले सम्मान पनि गरेको थियो ।

कार्यक्रममा गायिका सुनिता दुलाल, सौन्दर्यविद रश्मिला श्रेष्ठ, व्यवसायी सपना थापा, शिक्षाविद उर्मिला बस्नेत, समाजसेवी कल्पना क्षेत्री र फेसन व्यावसायी शैलजा अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : ३० बजे

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान

कुटपिटबाट एक ५० वर्षीया महिलाको मृत्यु

सिरहा– यहाँको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी