कोमल वली भन्छिन्,‘बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु’ « Khabarhub

कोमल वली भन्छिन्,‘बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु’


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय सभा सदस्य तथा गायिका एवं सञ्चारकर्मी कोमल वलीको स्वर र सुन्दरताको जोकोहीले तारिफ गर्छन् । उनी जति राम्री छिन्, त्यति नै सुन्दर गीत पनि गाउछिन् ।

राष्ट्रिय सभाको बैठकमा उनी जनचासोको विषयलाई उठान गर्छिन् । यिनकै कोम लगत शनिबार काठमाडौंको जमलस्थित मायालु भवनमा रहेको सिल्क फेसनको वार्षिकोत्सवमा आफ्नो तारिफ आफैं गर्दैथिइन् ।

‘म शुरुदेखी नै यो फेसन हाउससँग जोडिएकी छु । यहाँका हरेक कस्ट्युम फिट पाएकी छु’, कोमलले भनिन्,‘मैले आफुले आफुलाई निकै राम्री देख्छु । बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु ।’

सिल्क फेसनकी संचालक र्सिजना पोखरेलले विगत सात वर्षदेखी आफ्नो डिजाईनका कस्ट्युमहरु ग्राहकले मन पराएको बताईन् ।

गायिका सुनिता दुलालले आफु सिल्क फेसनको पहिलो ब्राण्ड एम्बेसडर भएको सम्झना गरिन् । उनलाई सिल्क फेसनले सम्मान पनि गरेको थियो ।

कार्यक्रममा गायिका सुनिता दुलाल, सौन्दर्यविद रश्मिला श्रेष्ठ, व्यवसायी सपना थापा, शिक्षाविद उर्मिला बस्नेत, समाजसेवी कल्पना क्षेत्री र फेसन व्यावसायी शैलजा अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : ३० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल