उदेशको ‘मलाई तिमी मनपर्यो’ « Khabarhub

उदेशको ‘मलाई तिमी मनपर्यो’


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक उदेश श्रेष्ठको नयाँ गीत ‘मलाई तिमी मनपर्यो’को भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा हिजो आइतबार एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा उदेशसँगै अर्जुन पासवानको शब्द तथा उदेशकै संगीत छ । यो गीत ‘उदेश्य’ गीतिसंग्रहमा संग्रहित छ ।

गायक प्रेमध्वज प्रधान उपस्थित कार्यक्रममा उदेशले लाइभ ब्याण्डसँग प्रेमध्वजकै गीत ‘तारा मात्र होइन तिमीलाई’, ‘घुम्तीमा न आउ है’ गाएका थिए ।

यसबाहेक उनले आफ्नो गीत ‘यो जुनीमा तिम्रो हुन सकिन’, ‘किन मायामा यति धेरै चोट हुन्छ’, ‘तिम्रो लागि आज म धेरै’लगायतका गीत सुनाए ।

सार्वजनिक भिडियोमा उदेशसँगै माङसा लिम्बु, सञ्जल भण्डारी र प्रिया लिम्बु फिचर्ड छन् । भिडियोका निर्देशक छेवाङ लामा हुन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : ४५ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण