ईपीएस पास गरेर कोरिया जान नपाएकालाई तत्काल पठाउने वातावरण बनाइयोस् : गगन थापा « Khabarhub

ईपीएस पास गरेर कोरिया जान नपाएकालाई तत्काल पठाउने वातावरण बनाइयोस् : गगन थापा


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कांग्रेस सांसद गगन थापाले रोजगारीका लागि दक्षिण कोरिया जानका लागि भाषा परीक्षा (ईपीएस) पास गरेर जान नपाएकाहरूलाई तत्काल जाने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।

संसदको शून्य समयमा बोल्दै सांसद थापाले कोरिया जानका लागि भाषा परीक्षा पास गरेका २ हजार बढी युवा कोरिया जान नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ । दक्षिण कोरिया जाने २ हजार नेपाली कामदार महिनौँदेखि काठमाडौँमा यत्रतत्र छरिएर बसेका छन् । फिलिपिन्स, म्यानमार र श्रीलंकाको सरकारले गरेको जस्तै गरेको भए नेपालीहरू उहिलै जाने थिए । सम्बन्धित मन्त्रालयले सदनलाई जानकारी गराउन माग गर्दछु ।’

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : ०८ बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको