एमालेमा लागेका माओवादीका चार सांसद पदमुक्त « Khabarhub

एमालेमा लागेका माओवादीका चार सांसद पदमुक्त


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेकपा माओवादी केन्द्र छाडेर एमाले पार्टीमा लागेका चार जना सांसदको पद रिक्त भएका छन् ।

सोमबार माओवादी केन्द्रको प्रदेश २ संसदीय दलका नेता भरतप्रसाद साहले गरेको सिफारिसको आधारमा सभामुख सरोज यादवले पदमुक्त गरेका हुन् ।

बैठकमा सभामुख यादवले पत्र पढेर माओवादी केन्द्रबाट एमालेमा लागेका रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त भएको घोष्णा गरे ।

नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतले खारेज गरेपछि नेताहरू फरकधारमा उभिएका थिए ।

उनीहरूलाई पार्टीको विधान विपरित अन्य पार्टीमा लागेको भन्दै कारवाही गरिएको हो ।

चारजना सांसद नेकपा एमालेमा लागेपछि पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि उनीहरूले नदिएपछि पदमुक्त गर्न सिफारिस गरिएको थियो ।

माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरू थिए । जसमा चारजना कारबाहीमा परेसँगै अब उक्त पार्टीको प्रदेश २ मा ७ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : ३५ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका