काठमाडौँ प्लाजा खाली गर्ने भोलि अन्तिम म्याद, अटेरी गरे सिल गरिने | Khabarhub Khabarhub

काठमाडौँ प्लाजा खाली गर्ने भोलि अन्तिम म्याद, अटेरी गरे सिल गरिने


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल ट्रस्टले काठमाडौँ प्लाजा खाली गर्न अन्तिम पटक प्रकाशित सूचनाको म्याद चैत्र ३१ गते(भोलि) सकिँदै छ । पटक पटक सूचना प्रकाशित गर्दा पनि खाली नगरेको भन्दै ट्रष्टले अन्तिम पटक सूचना प्रकाशित गरेर खाली गर्न आदेश दिएसँगै भोलि ५ बजेभित्र व्यवसायीले प्लाजा छोडी सक्नु पर्नेछ ।

यसका लागि ट्रष्टको कार्यालयले काठमाडौं प्लाजा खाली गर्न मंगलबार अपराह्न माइकिङ गर्ने जनाएको छ ।

अन्तिम पटक चैत्र ३१ गतेसम्मको म्याद राख्दै उक्त मितिसम्म खाली नगरे कारबाहीमा उत्रने चेतावनीसमेत दिएको ट्रष्टले अझै अटेर गरे प्लाजा सिल गरेर आफ्नो सम्पत्ति फिर्ता लिने प्रक्रिया सुरु गर्ने जनाएको छ ।

मन्त्रिपरिषद्को कार्यालयले महानगरलाई दिने निर्णयसमेत भइसकेको अवस्थामा पटक पटक पत्राचार गर्दा पनि अटेरी गरेकोले भोलि ५ बजेसम्म पनि प्लाजा खाली नगरे प्रहरी परिचालन गरेर पनि ट्रष्टले आफ्नो सम्पत्ति नियन्त्रणमा दिने नेपाल ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यले बताए ।

कमलास्थित कार्यालयमा केही सञ्चारकर्मीहरूसँग कुरा गर्दै आचार्यले गत असार ३ गतेपछि गैर कानुनी रूपमा जबरजस्ती बसेका व्यवसायी उल्टै मुद्दामा गएकोसमेत बताए । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार महानगरलाई पनि भवन हस्तान्तरण गर्न नसकिने अवस्था आएको छ’ सचिव आचार्यले भने, ‘चैत्र २५ गतेको सूचना अनुसार भोलि ३१ गते ५ बजेभित्र सरोकारवारवाला प्रशासनिक निकायहरूसँग छलफल गरेर आफ्नो नियन्त्रणमा लिन्छौ ।’

सरकारी सम्पत्तिमा अटेर गरी बसेको व्यवसायीहरूमाथि विभिन्न कानुनहरू आकर्षित हुने ट्रष्टका प्रवक्ता डा. भीष्मकुमार भुसालले जनाएका छन् ।

काठमाडौँ प्लाजाको व्यवस्थापन गर्ने कम्पनी कन्सेप्ट डेभलपर्स प्रा.लि.सँगको सम्झौता गत वर्षको असार २ गते नै समाप्त भएसँगै मन्त्रिपरिषद्ले १० वर्षका लागि मासिक ६० लाख ५० हजारमा काठमाडौँ महानगरपालिकाकालाई दिने निर्णय गरेको थियो । २०७७ वैशाख ३० गते काठमाडौँ महानगरपालिकाले पेस गरेको आर्थिक सम्बन्धी अन्तिम प्रस्तावअनुसार नेपाल ट्रष्टको असार १ गते बसेको ५८औँ बैठकले काठमाडौँ महानगरपालिकालाई भाडामा दिने भनी मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

२०७७ असार २ गते र कार्तिक १९ गते काठमाडौँ प्लाजा खाली गर्न ट्रष्टको कार्यालयले गोरखापत्रमा सूचना प्रकाशित गरेसँगै असार २२ गते कन्सेप्ट डेभलपर्सले उल्टै नेपाल ट्रष्टबिरुद्ध सर्वोच्चमा उत्प्रेषणको मुद्दा दर्ता गराएको थियो । तर अदालते साउन ११ गते उक्त मुद्दामा अन्तरिम आदेश जारी नहुने आदेश दिएको थियो । सो रिट निवेदनमा कार्तिक १८ गते अदालतको एकल इजलासले अन्तरकालीन आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागि झिकाउने आदेश गरेको थियो । जुन अहिलेसम्म पनि छलफलकै क्रममा रहेको छ ।

यसै गरी काठमाडौँ प्लाजाका ४२ जना व्यवसायी तथा ज्योति विकास बैङ्कले उच्च अदालत पाटनमा नेपाल ट्रष्टलाईसमेत विपक्षी बनाई निषेधाज्ञाको निवेदन दर्ता गरेकोमा अदालतले अन्तरिम आदेश जारी नहुने आदेश दिएको र मुद्दा हाल विचाराधीन रहेको ट्रष्टको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : १५ बजे

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको

लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन