श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग « Khabarhub

श्लेषमान्तक वनमा पक्की चिहान निर्माण रोक्न माग


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सनातन धर्म महासंघ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको छ ।

महासंघका महासचिव अम्बर परियार नेतृत्वको टोलीले आज पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदिप ढकाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

सर्वाेच्च अदालतको २०६८ जेठ १ गतेको परमादेश विपरीत पशुपतिनाथको वन क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीले शव गाड्ने र पक्की चिहान बनाउने कार्य गरिरहेको हुँदा यस्ता गतिविधि तत्काल रोक्न महासंघले माग गरेको हो ।

“नेपालका मौलिक धार्मिक सम्प्रदायमाथि एकपछि अर्को विदेशी विधर्मी आक्रमण भइरहेको अवस्थामा पशुपति जस्तो हिन्दूहरूको आस्थाको केन्द्रमा चिहान बन्नु हाम्रो धर्ममाथिको आक्रमणको रुपमा लिएका छौँ, कोषले यसलाई तत्काल नरोके कडा कदम चाल्न बाध्य हुने छौँ’’, ज्ञापनपत्रमा उल्लेख छ ।

यसअघि संसदीय अनुगमन समितिले पशुपति क्षेत्रको अनुगमनका क्रममा सांस्कृतिक सम्पदामाथिको अतिक्रमण रोक्न सरोकार भएका निकायलाई निर्देशन दिएको थियो । रासस

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : १५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका