पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. महिला जनाउने शब्द

महिलाहरुलाई जनाउन she शब्द बाह्रौं शताब्दीतिर मात्र प्रयोगमा आएको हो । त्यति बेला अङ्ग्रेजी भाषाको सुरुवात भएको ४०० वर्ष बितिसकेको थियो । she शब्द भाइकिङहरुले प्रयोग गर्ने seo शब्दबाट आएको हो ।

२. चिनीको मात्रा

स्ट्रबेरीमा भन्दा लेमनमा बढी चिनीको मात्रा हुन्छ ।

३. बिरालोको मम्मी

मिश्र देशमा मानिसको साथसाथै बिरालोको पनि मम्मी -Mummy_ भेटाएका थिए । त्यस्तै गरी सन् १८८८ मा Beni Hassan ले तीन लाख वटा बिरालोका मम्मी फेला पारेका थिए । उनले ती मम्मी एक टन बराबर १८.४३ डलरमा बेचेका थिए । ती मम्मी इङ्ग्ल्याण्डमा पुर्‍याइयो र त्यहाँको एउटा खेतमा मलका रुपमा प्रयोग गरियो ।

४. पिग्मी गोबी

के तपाईंलाई थाहा छ ? सबैभन्दा सानो माछा पिग्मी गोबी हो । यसको लम्बाइ बढीमा १.३ से.मि. हुन्छ । एउटा झिँगाभन्दा पनि सानो हुन्छ ।

५. गुणस्तरीय चिन्ह

विश्वमा सबैभन्दा पहिला गुणस्तरीय चिन्ह -Trademark_ प्राप्त गर्ने कम्पनी बेलायती बियर कम्पनी Beer Bass Pale Ale हो । यस कम्पनीले उक्त चिन्ह सन् १८७६ मा प्राप्त गरेको थियो ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ५ : ०१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल