मौसम बदली : दिउँसो यी स्थानमा हुन सक्छ भारी वर्षा « Khabarhub

मौसम बदली : दिउँसो यी स्थानमा हुन सक्छ भारी वर्षा


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । बाँकी भू-भागहरुमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख २९ गते (बुधबार)

दिउँसो:   प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका तराइका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३० गते (बिहीबार)

दिउँसो:  देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रही  प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३१ गते (शुक्रबार)

दिउँसो:  प्रदेश नं १, प्रदेश नं २ र अन्य पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने छ र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रही प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै