बिल बिना रेम्डेसिभिर औषधि बिक्री गर्नेलाई २ लाख जरिवाना « Khabarhub

बिल बिना रेम्डेसिभिर औषधि बिक्री गर्नेलाई २ लाख जरिवाना


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज मेडिकल कलेजको हाताभित्र कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि बिना बिल बिजक बिक्री गरेको पाएपछि सञ्चालकलाई दुई लाख जरिवाना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मेडिकल कलेजको हाताभित्र सञ्चालित बुद्ध नेपालगञ्ज फार्मेसीले बिना बिल रेम्डेसिभिर औषधि बिक्रि गरेको पाइएपछि उपभोक्त संरक्षण ऐन २०७५ बमोजिम दुई लाख जरिवाना गरिएको हो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्थापन कार्यालय , वाणिज्य कार्यालय र उपभोक्ता संरक्षण मञ्च बाँकेको संयुक्त बजार अनुगमन टोलीले सोमबार नेपालगञ्जबाट ३८ सिलिण्डर अक्सिजन सिलिण्डर बरामद गरेको छ।

नेपालगञ्जका बिभिन्न स्थानमा अनावश्यक रुपमा मौजदात गरी राखिएको अवस्थामा फेला परेपछि ग्यास सिलिण्डर बरामद गरी जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : १५ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त