डा. बाबुराम भट्टराईको प्रस्ताव : सर्वदलीय सरकार बनाऔँ, एक वर्षभित्रमा चुनाव गरौँ « Khabarhub

डा. बाबुराम भट्टराईको प्रस्ताव : सर्वदलीय सरकार बनाऔँ, एक वर्षभित्रमा चुनाव गरौँ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सर्वदलीय सरकार बनाएर एक वर्षभित्रमा चुनाव गर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले सरकारको नेतृत्वमा नयाँ व्यक्ति ल्याउनुपर्ने पनि उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउने प्रस्ताव अघि सारेका हुन् ।

संविधानको धारा ७६ (२) अनुसार सरकार बन्नुपर्ने भट्टराईको भनाइ छ। यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिन सकेका थिएनन्। यससँगै ओलीको प्रधानमन्त्री पद स्वत: गएको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै पटकपटक प्रधानमन्त्री भइसकेका छन्।

भट्टराई पनि यसअघि नै प्रधानमन्त्री भइसकेका छन्। उनले ओली, देउवा, प्रचण्ड र आफूसमेत प्रधानमन्त्री नहुने गरी नयाँ विकल्प खोज्नुपर्ने प्रस्ताव अगाडि सारेका छन्। उनको प्रस्ताव अनुसार अब आफ्नै दलका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा सरकार बनाउन खोजेको देखिएन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : २२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर