वाग्मती प्रदेशमा एकैदिन ३४ संक्रमितको मृत्यु « Khabarhub

वाग्मती प्रदेशमा एकैदिन ३४ संक्रमितको मृत्यु


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाग्मती प्रदेशमा एकै दिन ३४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई/दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक/एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।

वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा काठमाडौँ दुई हजार ७८८, ललितपुरका ६०२, भक्तपुरका ५३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका ११५, चितवनका १२४, सिन्धुलीका ४७, मकवानपुरका ११६, रामेछाप २४, दोलखाका १५, काभ्रे १५५ र सिन्धुपाल्चोकका ५८ जना छन् ।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ हजार ३७५ जना छन् । तीमध्ये संस्थागत आइसोलेशनमा दुई हजार ४८१, विभिन्न अस्पतालले सञ्चालन गरेको एचडियूमा ३७८, आइसियूमा ६९८, भेन्टिलेटरमा २२० उपचाररत रहेका छन् भने ४९ हजार ५९८ सङ्क्रमितहरू होम आइसोलेशन बस्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १२ : ०१ बजे

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।

मौद्रिक नीतिपछि थप ओरालो लाग्यो नेप्से

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको

प्रधानमन्त्रीलाई मेसेज गर्दा पक्राउ परेका सचिव पुष्कर अनिवार्य अवकाशमा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई मेसेज गर्दा पक्राउ परेका सचिव

प्रधानमन्त्री बालेनले पहिलोपटक गरे उद्योगी व्यवसायीसँग छलफल 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक