बुटवलमा संक्रमितको घरमै अक्सिजन « Khabarhub

बुटवलमा संक्रमितको घरमै अक्सिजन



बुटवल– बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमितको घरमै अक्सिजन सिलिन्डर पुर्‍याउन थालेको छ । उपमहानगरपालिकाले अक्सिजल बैंक स्थापना गरेर कोरोना संक्रमित बिरामीलाई अक्सिजन आवश्यक परे घरमै पुर्‍याउन थालेको हो ।

उपमहानगरका १९ वटा वडामा आइसोलेसनमा बसेका र जानकारी गराइएका सबै संक्रमितको घरघरमा स्वास्थ्य सेवा उपलव्ध गराउने जनाइएको छ ।

‘अक्सिजन बैंक’ स्थापना गरेर आवश्यकताअनुसार अक्सिजन, चिकित्सकीय परामर्श र औषधि घरमै उपलब्ध गराउने काम थालेको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

सुवेदीले आफू पनि संक्रमितको घरमा पुगेर स्वास्थ्यको जानकारी लिने गरेका छन् । उनीसँगै स्वास्थ्यकर्मी र परामर्शदाता पनि संक्रमितको घरमा पुग्छन् ।

महामारी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसहित सामाजिक संघसंस्थाहरूसँगको सहकार्यमा उपमहानगरले अभियान चलाएको नगरप्रमुख सुवेदीको भनाइ छ ।

संक्रमित भएर आइसोलेसनमा बसेकाहरूलाई प्राथमिक उपचारमा सहयोग पुर्‍याउने तथा अस्पताल पुर्‍याउन सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको प्रवक्ता रामप्रसाद रेग्मीको भनाइ छ ।

बुटवल उपमहानगरले रुपन्देहीका अन्य पालिकाहरूमा समेत लैजान मिल्ने गरी निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको उनले बताए ।

अक्सिजन सेवा बैंक स्थापना गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा स्वास्थ्य प्राविधिक, अस्पताल सञ्चालक, निजी क्षेत्र, व्यवसायी र नागरिक समाजका अगुवा रहेको संयोजकत्वमाा कार्यदल गठन गरिएको थियो ।

अक्सिजन आवश्यक पर्नेहरूलाई निश्चित मापदण्डका आधारमा आपतकालीन रूपमा चौबीसै घण्टा सेवा प्रदान गर्ने जनाइएको छ ।

अक्सिजन बैंकमार्फत हालसम्म करिब तीन सय जना संक्रमितले घरमै सेवा लिएको उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखाको तथ्यांकमा छ ।

स्वास्थ्यकर्मीसहितको चार वटा समूह बनाएर घरदैलोमै सेवा प्रदान गरिएको छ । दैनिक ५०—६० जना संक्रमितलाई घरमै भेटेर सेवा प्रदान गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत उमादेवी थापाले बताइन् ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले प्रदान गरेको ३५ वटा सिलिण्डरबाट अक्सिजन बैंकको शुरूवात गरिएकोमा लायन्स क्लब अफ बुटवल एरिया ४, रुपन्देही उद्योग संघ, औषधि व्यवसायी संघ, बुटवल उद्योग वाणिज्य संघ र गौतमबुद्ध सामुदायिक मुटु हस्पिटलले सहकार्य गरेका छन् । अक्सिजन बैकंमा हाल ठूला र साना गरेर १५० वटा अक्सिजन सिलिन्डर रहेको उनको भनाइ छ ।

उपमहानगरले १९ वटै वडामा कन्ट्याक्ट ट्रेसिङ गरेर निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको छ । लक्षण देखिएका संक्रमितहरूको घरमै पुगेर स्वाब संकलन गर्ने गरिएको छ । दोस्रो लहर शुरू भएयता एक हजार ५५ जनाको स्वाब निःशुल्क परीक्षण गरिएको तथ्यांक छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : १० बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब