बुटवलमा संक्रमितको घरमै अक्सिजन | Khabarhub Khabarhub

बुटवलमा संक्रमितको घरमै अक्सिजन



बुटवल– बुटवल उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमितको घरमै अक्सिजन सिलिन्डर पुर्‍याउन थालेको छ । उपमहानगरपालिकाले अक्सिजल बैंक स्थापना गरेर कोरोना संक्रमित बिरामीलाई अक्सिजन आवश्यक परे घरमै पुर्‍याउन थालेको हो ।

उपमहानगरका १९ वटा वडामा आइसोलेसनमा बसेका र जानकारी गराइएका सबै संक्रमितको घरघरमा स्वास्थ्य सेवा उपलव्ध गराउने जनाइएको छ ।

‘अक्सिजन बैंक’ स्थापना गरेर आवश्यकताअनुसार अक्सिजन, चिकित्सकीय परामर्श र औषधि घरमै उपलब्ध गराउने काम थालेको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

सुवेदीले आफू पनि संक्रमितको घरमा पुगेर स्वास्थ्यको जानकारी लिने गरेका छन् । उनीसँगै स्वास्थ्यकर्मी र परामर्शदाता पनि संक्रमितको घरमा पुग्छन् ।

महामारी नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसहित सामाजिक संघसंस्थाहरूसँगको सहकार्यमा उपमहानगरले अभियान चलाएको नगरप्रमुख सुवेदीको भनाइ छ ।

संक्रमित भएर आइसोलेसनमा बसेकाहरूलाई प्राथमिक उपचारमा सहयोग पुर्‍याउने तथा अस्पताल पुर्‍याउन सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको प्रवक्ता रामप्रसाद रेग्मीको भनाइ छ ।

बुटवल उपमहानगरले रुपन्देहीका अन्य पालिकाहरूमा समेत लैजान मिल्ने गरी निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको उनले बताए ।

अक्सिजन सेवा बैंक स्थापना गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा स्वास्थ्य प्राविधिक, अस्पताल सञ्चालक, निजी क्षेत्र, व्यवसायी र नागरिक समाजका अगुवा रहेको संयोजकत्वमाा कार्यदल गठन गरिएको थियो ।

अक्सिजन आवश्यक पर्नेहरूलाई निश्चित मापदण्डका आधारमा आपतकालीन रूपमा चौबीसै घण्टा सेवा प्रदान गर्ने जनाइएको छ ।

अक्सिजन बैंकमार्फत हालसम्म करिब तीन सय जना संक्रमितले घरमै सेवा लिएको उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखाको तथ्यांकमा छ ।

स्वास्थ्यकर्मीसहितको चार वटा समूह बनाएर घरदैलोमै सेवा प्रदान गरिएको छ । दैनिक ५०—६० जना संक्रमितलाई घरमै भेटेर सेवा प्रदान गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत उमादेवी थापाले बताइन् ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले प्रदान गरेको ३५ वटा सिलिण्डरबाट अक्सिजन बैंकको शुरूवात गरिएकोमा लायन्स क्लब अफ बुटवल एरिया ४, रुपन्देही उद्योग संघ, औषधि व्यवसायी संघ, बुटवल उद्योग वाणिज्य संघ र गौतमबुद्ध सामुदायिक मुटु हस्पिटलले सहकार्य गरेका छन् । अक्सिजन बैकंमा हाल ठूला र साना गरेर १५० वटा अक्सिजन सिलिन्डर रहेको उनको भनाइ छ ।

उपमहानगरले १९ वटै वडामा कन्ट्याक्ट ट्रेसिङ गरेर निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको छ । लक्षण देखिएका संक्रमितहरूको घरमै पुगेर स्वाब संकलन गर्ने गरिएको छ । दोस्रो लहर शुरू भएयता एक हजार ५५ जनाको स्वाब निःशुल्क परीक्षण गरिएको तथ्यांक छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ३ : १० बजे

एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल बेलायत भ्रमणमा गएका

देशलाई काठमा आत्मनिर्भर बनाउन नीतिगत सुधार हुँदैछ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले विदेशी काठ आयातलाई निरुत्साहित

अहमदावादमा दुर्घटना भएको एअर इण्डियाको विमानमा थिए २ सय ४२ यात्रु

काठमाडौं– गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना

कांग्रेस नेताहरू चीन भ्रमणमा जाँदै

काठमाडौं– नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने

लण्डनका लागि उडान भरेको यात्रुवाहक विमान गुजरातको अहमदावादमा दुर्घटना

काठमाडौं– भारतमा यात्रुवाहक विमान दुर्घटनामा परेको छ । गुजरात राज्यको