विश्वभर ३८ लाखभन्दा धेरै संक्रमितको मृत्यु, १५ करोड ९९ लाख निको « Khabarhub

विश्वभर ३८ लाखभन्दा धेरै संक्रमितको मृत्यु, १५ करोड ९९ लाख निको


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४१५ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ लाख २६९ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख १४ हजार ७३२ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ४ लाख ८४ हजार ३५० जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा ३ लाख ६७ हजार ९७ जनाको मृत्यु भएको छ ।

यस्तै  रूसमा १ लाख २५ हजार ‍६७४ जना, बेलायतमा १ लाख २७ हजार ८८४ जना, फ्रान्समा १ लाख १० हजार ३४४ जना, इटालीमा १ लाख २६ हजार ९२४ जनाको मृत्यु भएको छ ।

यस्तै विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ११ हजार १६२ जना संक्रमित भएका छन् । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४५ हजार ३३६ छ । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा करिव ३५ हजारले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १५ करोड ९९ लाख ३३ हजार पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या १७ करोड ६० लाख ३१ हजार ४८४ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड २२ लाख ९७ हजार ९०४ छ । यसमध्ये ८४ हजार १९१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : ३५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार