साइप्रसमा पहिलो पटक महिला सभामुख चयन « Khabarhub

साइप्रसमा पहिलो पटक महिला सभामुख चयन


२९ जेष्ठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निकोसिया(एपी)- साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिएकी छन् ।

सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयन भएकी हुन् ।

साइप्रसको कूल ५६ सदस्य रहेको संसदमा डिमेट्रिओले २५ मत प्राप्त गरेकी थिइन् ।  सभामुखमा विजयी भएसँगै ३५ वर्षीया सांसद डिमेट्रिओले आफूले प्राप्त गरेको जिम्मेवारी पूर्ण निष्ठाका साथ पूरा गर्ने बताउँदै आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने जानकारी दिइन् ।

साइप्रसका राष्ट्रपति निकोस अनास्तासियाडेसले डिमेट्रिओ निर्वाचित भएकामा आफूलाई निकै खुशी लागेको बताए । उनले राष्ट्रपति पछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा एक महिला चुनिनु देशकै लागि गर्वको विषय भएको बताए ।

बेलायतको उपनिवेशबाट मुक्त भएपछिका ६१ वर्षमा धेरै महिला सदस्यहरुले राजनीतिक पद प्राप्त गरे पनि डिमेट्रिओले प्राप्त गरेको यो पद सबैभन्दा माथिल्लो हो । साइप्रसको राजनीतिमा महिलाको सहभागिता पुरुषको दाँजोमा निकै कम हुने गरेको छ ।

हाल साइप्रसको १५ सदस्यीय मन्त्रीमण्डलमा तीन जना मात्र मन्त्री छन् । राष्ट्रपति अनास्तासियाडेसले अब हुने मन्त्रिपरिषद पुनर्गठनमा महिलाको सहभागिता वृद्धि गर्ने घोषणा पनि गरेका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  १० : ५० बजे

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

युक्रेनलाई ५०० प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले दियो स्वीकृति

एजेन्सी– अमेरिकाले रुसको बढ्दो हवाई आक्रमणबाट जोगिन युक्रेनलाई २ अर्ब

अस्पताल उद्घाटन विवादमा झडप, गोली लागेर एक किशोर गम्भीर घाइते

बारा – बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर