आगोको लावा निस्किरहेको ज्वालामुखीमा बन्यो पिज्जा « Khabarhub

आगोको लावा निस्किरहेको ज्वालामुखीमा बन्यो पिज्जा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा पिज्जाका पारखीको कमी छैन । शहरबजार सर्वत्र पिज्जा पाउने गरिन्छ । तर यो कोरोना कालमा निषेधाज्ञाका कारण कतिले पिज्जा खाने चाहलाई घरभित्रै माइक्रोवेवमा बनाएर पुरा गर्दछन् । तर कसैले ज्वालामुखीमा पिज्जा बनाए भन्दा पत्याउनु हुन्छ ?

ग्वाटेमालामा अहिले पनि एक्टिव ज्वालामुखी छ । डेविड गार्सिया नामक एक व्यक्तिले भरभराउँदो आगोको लप्का निकालिरहने लाभासहितको त्यहि ज्वालामुखिमा पिज्जा बनाएका छन् । ग्वाटेमाला ज्वालामुखीको १ हजार डिग्री सेल्सियसमा डेविडले बीफ पिज्जा बनाए ।

डेविडले पिज्जा बनाउन लाभा माथि ताप्के बसाए र ताप्केमा पिज्जा बेस राखे । त्यसमाथि चीज र बीफ हालेर पिज्जा बेक (पकाए) । उनको यो कारनामा भाइरल बन्यो । किनभने कसैले पनि अहिलेसम्म १ हजार डिग्री सेल्सियसमा पिज्जा पकाएको छैन ।

एक्टिव ज्वालामुखीमा पिज्जा बनाउनु सजिलो भने थिएन । यसकालागि डेविड निकै तयारी गरेका थिए । उनले हातमा प्रोटेक्टिव ग्लव्स (पञ्जा) लगाएका थिए । साथै हावाको दिशा समेत ध्यानमा राखिएको थियो । ज्वालामुखिको अत्यधिक तापको कारण १४ मिनेटमै पिज्जा तयार भयो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १० : ५३ बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ