ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । शुक्रबार राति साढे ११ बजेको समयमा शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

शाहीले सामाजिक सञ्जालमार्फत आफूहरुमाथि आक्रमण भएको बताएका छन् । उनले आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोकबहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको बताएका छन् ।

वीरेन्द्रनगरस्थित करेखोला नजिक शाही समूहमाथि आक्रमण भएको हो । प्रहरीले भने शाही समूह र स्थानीयबीच झडप भएको जनाएको छ ।

शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुगेर समस्यामा परेका नागरिकको उद्दार तथा राहतमा जुटिरहेको छ । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई बचाउन खोज्दा आफ्नो ज्यान खतरामा परेको उनले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ११ : २७ बजे

पार्टी विभाजनविरुद्ध अदालत जाँदै जसपा नेपाल

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी

फिल्म ‘खजुरे ब्रो’ प्रिमियर (तस्बिरहरू)

काठमाडौं – मोडल तथा पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहको

दैनिक हिँड्नुका फाइदा

हिँडाइ सबै भन्दा सहज शारीरिक अभ्यास मानिन्छ। हिँड्न मन पराउनेको

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा