ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण « Khabarhub

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । शुक्रबार राति साढे ११ बजेको समयमा शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

शाहीले सामाजिक सञ्जालमार्फत आफूहरुमाथि आक्रमण भएको बताएका छन् । उनले आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोकबहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको बताएका छन् ।

वीरेन्द्रनगरस्थित करेखोला नजिक शाही समूहमाथि आक्रमण भएको हो । प्रहरीले भने शाही समूह र स्थानीयबीच झडप भएको जनाएको छ ।

शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुगेर समस्यामा परेका नागरिकको उद्दार तथा राहतमा जुटिरहेको छ । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई बचाउन खोज्दा आफ्नो ज्यान खतरामा परेको उनले बताए ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ११ : २७ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज