प्रभाषको फिल्मलाई दीपिकाले घटाइन् पारिश्रमिक | Khabarhub Khabarhub

प्रभाषको फिल्मलाई दीपिकाले घटाइन् पारिश्रमिक


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड स्टार दीपिका पादुकोण चाँडै नै दक्षिण भारतीय स्टार प्रभाससँग ‘महानती’ फेम्ड निर्देशक नाग अश्विनको नयाँ फिल्ममा प्रमुख भूमिकामा देखिँदैछिन् ।

फिल्ममा अभिनेता अमिताभ बच्चनको पनि अभिनय रहनेछ । हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्मको सुटिङ सुरु हुन केही समय लाग्नेछ ।

प्रभाषको अभिनय रहने फिल्ममा दीपिकाको प्रवेश हुने भन्ने समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । यो जोडीलाई पर्दामा हेर्न दर्शक निकै उत्साहित थिए ।

समाचारअनुसार प्रभाषसँग अभिनय गर्न दीपिकाले पारिश्रमिकमा झण्डै आधा कटौती गरेकी छन् । उनी अक्सर एक फिल्मबाट अधिकतम १२ करोड रुपैंयाँ पारिश्रमिक लिन्छिन् । तर यो फिल्मका लागि उनले ८ करोड रुपैंयाँ लिने तयारीमा छिन् ।

पछिल्लो पटक फिल्म ‘छपाक’को असफलता पछि दीपिका पादुकोणको नयाँ फिल्म हेर्न दर्शक उत्सुक छन् । दीपिका ऋतिक रोशनको फिल्म ‘फाइटर’मा देखिँदैछिन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  २ : ४९ बजे

नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

काठमाडौं– प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ ।

बैतडीमा १८ जनामा डेङ्गी सङ्क्रमण

बैतडी– बैतडीमा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो तीन

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार ।

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल कात्तिक १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १२ गते बुधबार। कात्तिक