ऐश्वर्याले यसकारण छोडिन् ‘कुछ कुछ होता हे’ | Khabarhub Khabarhub

ऐश्वर्याले यसकारण छोडिन् ‘कुछ कुछ होता हे’


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड निर्माता तथा निर्देशक करण जोहारको पहिलो फिल्म ‘कुछ कुछ होता हे’ ले बक्सअफिसमा बम्पर कमाई गरेको थियो । सन् १९९८ मा रिलिज यो फिल्ममा शाहरुख खान, काजोल र रानी मुखर्जी प्रमुख भूमिकामा थिए ।

सायद कमैलाई मात्र थाहा होला कि यो फिल्ममा करण अभिनेत्री ऐश्वर्या राय बच्चनलाई लिन चाहन्थे । तर ऐश्वर्याले करणको प्रस्तावलाई अस्वीकार गरिन् ।

फिल्ममा ‘टीना’को भूमिका रानीले निभाएकी थिइन् । रानीको यो पहिलो फिल्म थियो । उनको यो भूमिकालाई निकै रुचाइयो । करण ऐश्वर्यालाई यही भूमिकामा अभिनय गराउन चाहन्थे ।

करणले टीनाको भूमिकाका लागि ट्वींकल खन्ना, उर्मिला मातोडकर र तब्बुसम्मलाई अफर गरेका थिए । तर कसैले उनको अफरलाई स्वीकारेनन् ।

करणका अनुसार टीनाको भूमिकाका लागि उनले कैयौं महिनादेखि नयाँ अनुहारको खोजी गरिरहेका थिए । त्यसपछि निर्माता आदित्य चोपडाले करणलाई रानीको नाम प्रस्ताव गरेका थिए ।

ऐश्वर्याले एक अन्तरवार्तामा ‘कुछ कुछ होता हे’ गर्न नचाहने कारण खुलाएकी छन् । ‘मैले यो फिल्ममा काम गरेको भए मानिसहरुले मलाई मजाकको कारण बनाउथे । त्यो किन पनि हो भने टीनाको चरित्र सर्लक्क परेको कपाल, साधारण पहिरन मा क्यामराको अगाडि ग्ल्यामर देखायो भन्ने आरोप लाग्थ्यो’, उनले भनेकी छन् ।

ऐश्वर्याले ‘कुछ कुछ होता हे’ छोडेको १७ वर्ष पछि करणसँग सन् २०१६ मा फिल्म ‘ऐ दिल हे मुश्किल’मा काम गरिन् । फिल्ममा रणवीर कपूर र अनुष्का शर्मा प्रमुख भूमिकामा थिए ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ४ : ४० बजे

ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भने– “संविधानले अनुमति दिँदैन, यो निकै दुर्भाग्यपूर्ण”

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार

नवलपुरबाट निकुञ्जमा जीप सफारीको अनुमति

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको

प्रतिनिधिसभा विघटनविरुद्ध रिट सुनुवाइ गर्न संवैधानिक इजलास गठन

काठमाडौं– सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सनुवाइ गर्न

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

देवदह– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताएका

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि