ऐश्वर्याले यसकारण छोडिन् ‘कुछ कुछ होता हे’ « Khabarhub

ऐश्वर्याले यसकारण छोडिन् ‘कुछ कुछ होता हे’


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड निर्माता तथा निर्देशक करण जोहारको पहिलो फिल्म ‘कुछ कुछ होता हे’ ले बक्सअफिसमा बम्पर कमाई गरेको थियो । सन् १९९८ मा रिलिज यो फिल्ममा शाहरुख खान, काजोल र रानी मुखर्जी प्रमुख भूमिकामा थिए ।

सायद कमैलाई मात्र थाहा होला कि यो फिल्ममा करण अभिनेत्री ऐश्वर्या राय बच्चनलाई लिन चाहन्थे । तर ऐश्वर्याले करणको प्रस्तावलाई अस्वीकार गरिन् ।

फिल्ममा ‘टीना’को भूमिका रानीले निभाएकी थिइन् । रानीको यो पहिलो फिल्म थियो । उनको यो भूमिकालाई निकै रुचाइयो । करण ऐश्वर्यालाई यही भूमिकामा अभिनय गराउन चाहन्थे ।

करणले टीनाको भूमिकाका लागि ट्वींकल खन्ना, उर्मिला मातोडकर र तब्बुसम्मलाई अफर गरेका थिए । तर कसैले उनको अफरलाई स्वीकारेनन् ।

करणका अनुसार टीनाको भूमिकाका लागि उनले कैयौं महिनादेखि नयाँ अनुहारको खोजी गरिरहेका थिए । त्यसपछि निर्माता आदित्य चोपडाले करणलाई रानीको नाम प्रस्ताव गरेका थिए ।

ऐश्वर्याले एक अन्तरवार्तामा ‘कुछ कुछ होता हे’ गर्न नचाहने कारण खुलाएकी छन् । ‘मैले यो फिल्ममा काम गरेको भए मानिसहरुले मलाई मजाकको कारण बनाउथे । त्यो किन पनि हो भने टीनाको चरित्र सर्लक्क परेको कपाल, साधारण पहिरन मा क्यामराको अगाडि ग्ल्यामर देखायो भन्ने आरोप लाग्थ्यो’, उनले भनेकी छन् ।

ऐश्वर्याले ‘कुछ कुछ होता हे’ छोडेको १७ वर्ष पछि करणसँग सन् २०१६ मा फिल्म ‘ऐ दिल हे मुश्किल’मा काम गरिन् । फिल्ममा रणवीर कपूर र अनुष्का शर्मा प्रमुख भूमिकामा थिए ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ४ : ४० बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना