ट्वीटरमा ‘ब्वाइकट करीना कपूर खान’ अभियान | Khabarhub Khabarhub

ट्वीटरमा ‘ब्वाइकट करीना कपूर खान’ अभियान


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री करीना कपूर खानविरुद्ध ट्वीटर प्रयोगकर्ताले ‘ब्वाइकट करीना कपूर खान’ अभियान सुरु गरेका छन् । पौराणिक कथा रामायणमा आधारित रहेर निर्माण हुन लागेको एक फिल्ममा करीनालाई ‘सीता’को भूमिकाका लागि प्रस्ताव गरिएपछि उनले १२ करोड पारिश्रमिक मागेकी थिइन् ।

यो खबर सार्वजनिक भएपछि ट्वीटर प्रयोगकर्ता आक्रोशित भएका हुन् । करीनालाई ‘सीता’ चरित्रको लागि प्रस्ताव गरिएको समाचारको स्क्रिनसट शेयर गर्दै उनलाई बहिस्कार गर्न माग गरेका छन् ।

प्रयोगकर्ताले करीनाले एक मुस्लिमसँग विवाह गरेकाले उनले सीताको चरित्र निभाउन नसक्ने दाबी गरेका छन् । त्यहीकारण उनीहरुले ‘ह्यासट्याग ब्वाइकट करीना कपूर खान’ ट्रेण्ड सुरु गरेका हुन् ।

यद्यपि फिल्मका लेखक वी वीजेन्द्र प्रसादले करीनाका विषयमा आएको समाचारहरु गलत भएको प्रतिक्रिया दिएका छन् । फिल्मको कथाका लागि करीना उपर्युक्त पात्र नभएकाले उनलाई प्रस्ताव नगरिएको उनको दाबी छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ५ : ०० बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को