ट्वीटरमा ‘ब्वाइकट करीना कपूर खान’ अभियान « Khabarhub

ट्वीटरमा ‘ब्वाइकट करीना कपूर खान’ अभियान


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री करीना कपूर खानविरुद्ध ट्वीटर प्रयोगकर्ताले ‘ब्वाइकट करीना कपूर खान’ अभियान सुरु गरेका छन् । पौराणिक कथा रामायणमा आधारित रहेर निर्माण हुन लागेको एक फिल्ममा करीनालाई ‘सीता’को भूमिकाका लागि प्रस्ताव गरिएपछि उनले १२ करोड पारिश्रमिक मागेकी थिइन् ।

यो खबर सार्वजनिक भएपछि ट्वीटर प्रयोगकर्ता आक्रोशित भएका हुन् । करीनालाई ‘सीता’ चरित्रको लागि प्रस्ताव गरिएको समाचारको स्क्रिनसट शेयर गर्दै उनलाई बहिस्कार गर्न माग गरेका छन् ।

प्रयोगकर्ताले करीनाले एक मुस्लिमसँग विवाह गरेकाले उनले सीताको चरित्र निभाउन नसक्ने दाबी गरेका छन् । त्यहीकारण उनीहरुले ‘ह्यासट्याग ब्वाइकट करीना कपूर खान’ ट्रेण्ड सुरु गरेका हुन् ।

यद्यपि फिल्मका लेखक वी वीजेन्द्र प्रसादले करीनाका विषयमा आएको समाचारहरु गलत भएको प्रतिक्रिया दिएका छन् । फिल्मको कथाका लागि करीना उपर्युक्त पात्र नभएकाले उनलाई प्रस्ताव नगरिएको उनको दाबी छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ५ : ०० बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल