वनभोजका लागि कर्मचारी ओसार्ने सरकारी गाडी दुर्घटना, एकको मृत्यु « Khabarhub

वनभोजका लागि कर्मचारी ओसार्ने सरकारी गाडी दुर्घटना, एकको मृत्यु


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – प्युठानमा वनभोजका लागि कर्मचारी ओसार्ने क्रममा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्युठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ स्थित मल्लरानी नजिकै दुर्घटनामा परेको हो ।

तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन् ।

कार पुनः कर्मचारी ओसार्न खलंगा झर्दै गर्दा दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवं प्रहरी निरीक्षक देवी प्रसाद गैरेका अनुसार कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ५ : १९ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज