कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुने धेरै « Khabarhub

कोरोना सङ्क्रमित हुनेभन्दा मुक्त हुने धेरै


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्या लगभग दोब्बर भएका छन् । यो अबधिमा तीन हजार ३८४ सङ्क्रमित थपिएका छन् भने छ हजार २९५ ले सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ४९४ नमूना परीक्षण गरिएको थियो । तीमध्ये ८ हजार ५०६ पिसिआर बिधिबाट र पाँच हजार ९८८ एन्टिजेन बिधिबाट परीक्षण गरिएको थियो ।

नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित ६१ जनाको मृत्यु भएको छ । यो विवरणसहित हालसम्म कूल आठ हजार ३६६ जनाको कोरोनाका कारण निधन भएको छ ।

यस्तै, पाँच लाख २७ हजार १११ जना निको भएका छन् । निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : ४५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको