सरकारको दीर्घकालीन काममा सहयोग नगर्न राज्यका निकायलाई पाँच पूर्वप्रधानमन्त्रीको आह्वान « Khabarhub

सरकारको दीर्घकालीन काममा सहयोग नगर्न राज्यका निकायलाई पाँच पूर्वप्रधानमन्त्रीको आह्वान


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनमा रहेका पाँच पूर्वप्रधानमन्त्रीहरूले दीर्घकालीन महत्वका सरकारी निर्णयलाई साथ नदिन राज्यका निकायहरुलाई आह्वान गरेका छन् ।

शनिबार पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी गर्दै दीर्घकालीन महत्वका काममा सरकारलाई सहयोग नगर्न राज्यका सबै निकायलाई आह्वान गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निरन्तर नेपालको संविधानमाथि प्रहार गरिरहेको भन्दै विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र तथा कानूनको शासनमाथि नै घात गरेको आरोप लगाएका छन् । कामचलाउ सरकारले संविधान संसोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको, मन्त्रिपरिषद पुनर्गठन गरिरहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले चुरे क्षेत्रबाट बालुवा निकासी गर्ने सरकारी नीतिको समेत विरोध गरेका छन् ।

चुरे क्षेत्रबाट निकालिने बालुवाका कारण नेपालको पर्यावरणीय सन्तुलन नै गुम्नसक्ने भन्दै उनीहरुले दीर्घकालीन महत्वका सरकारी कदमलाई साथ नदिन प्रशासन र सुरक्षा निकायलाई आह्वान गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिँदै यसप्रकारमा गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अन्य निकायहरुलाई समेत आग्रह गर्दछौं ।’

पाँच जना पूर्वप्रधानमन्त्रीहरुले जारी गरेको विज्ञप्तिमा संविधानमाथि भइरहेको निरंकुश हमलाका विरुद्ध ऐक्यबद्धता जनाउन समेत अपिल गरिएको छ । त्यस्तै नेपालको बारेमा नेपालीले नै निर्णय गर्नुपर्ने र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नदिन समेत ध्यान आकर्षण गरिएको छ ।

हेर्नुहोस् वक्तव्य

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ६ : ३९ बजे

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम