भारतमा ‘राधे’को कलेक्सन ६९ हजार रुपैंंयाँ | Khabarhub Khabarhub

भारतमा ‘राधे’को कलेक्सन ६९ हजार रुपैंंयाँ


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– अभिनेता सलमान खान स्टारर फिल्म ‘राधेः योर मस्ट वान्टेड भाई’ गत मे १३ मा पे पर भ्यू सर्भिस जी प्लेक्समा रिलिज भएको थियो । कोरोनाको दोस्रो लहरका कारण फिल्मले देशका थिएटरमा रिलिज हुने मौका पाएन ।

यद्यपि कोरोनाको संक्रमण दर घट्दै गएका कारण सरकारले लकडाउनलाई केही खुकुलो बनाउदै राज्यभर फिल्म हल खोल्न अनुमति दिएको छ । महाराष्ट्रका दुई फिल्म हलले ठूलो पर्दामा फिल्मलाई देखाइरहेको छ । जसमा मालेगाउँस्थित ड्राइव इन सिनेमा र अर्को औरंगाबादको खिनवासरा सिनेप्लेक्स छन् ।

फिल्मको वितरण कम्पनी जी स्टूडियोले सामाजिक सञ्जालमा केही तस्वीर शेयर गरेको छ । जसमा दर्शकहरु मालेगाउँको ड्राइभ इन सिनेमामा फिल्मको फाइदा उठाइरहेका छन् ।

समाचारअनुसार मालेगाउँको ड्राइभ इन सिनेमाले फिल्मका लागि दुई शो र खिनवासरा सिनेप्लेक्समा चार शो राखिएको छ ।

ड्राइव इन सिनेमाका मालिक तुषार तिसागेका अनुसार शुक्रबार साँझ ७ः३० को शोमा २२ दर्शकले कारमा बसेर र ४० दर्शकले कुर्सीमा बसेर फिल्म हेरेका थिए । तर ९ः३० को शोमा दर्शक नआएपछि शो रद्द गर्नुपरेको थियो ।

त्यस्तै खिनवासरा सिनेप्लेक्सका मेनेजर सुहास कोटेचाले शुक्रवारको चार शोमा २२ वटामात्र टिकट बिक्री भएको उल्लेख गरेका छन् ।

मालेगाउँको ड्राइव इन सिनेमाले शुक्रबार करिब ३ हजार ५ सय ९७ रुपैंयाँ ८७ पैसा कलेक्सन गरेको थियो । त्यस्तै औंगाबादको खिनवासरा सिनेप्लेक्सले २ हजार ४ सय २० रुपैंयाँ कलेक्सन गरेको थियो । फिल्मले शुक्रबार कुल कलेक्सन ६ हजार १७ रुपैंया ८७ पैसा गरेको थियो ।

प्रभु देवाको निर्देशन रहेको फिल्म त्रिपुराको तीन थिएटरमा मात्र रिलिज भयो । जसमा २ अगरतला र १ धरमनगरको थिएटर छन् । यी तीन थिएटरको आम्दानीलाई पनि जोड्ने हो भने फिल्मले हालसम्म ६९ हजार २ सय ६५ रुपैंयाँ ८७ पैसा कलेक्सन गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ७ : ४५ बजे

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना