धरानमा दोस्रो डोज छुटेकालाई असार १ गते कोभिड खोप लगाइने « Khabarhub

धरानमा दोस्रो डोज छुटेकालाई असार १ गते कोभिड खोप लगाइने


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– धरानमा गत फागुन ११ गते कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाई दोस्रो डोज छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरिएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आज उपमहानगर परिषरमा पत्रकार सम्मेलन गर्दै कोभिशिल्ड लगाई दोस्रो डोज छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउने जानकारी दिएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आउँदो असार १ गते (मङ्गलबार) धरानको छाता चोकस्थित पुरानो हस्पिटलमा दोस्रो डोज छुट भएकाको लागि कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने जानकारी दिए । उनका अनुसार पुरानो हस्पिटलमा असार १ गते बिहान १० बजेदेखि ४ बजेसम्म कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने छ ।

पत्रकार सम्मेलनमा स्वास्थ्य महाशाखा प्रमुख मेहताले धरान उपमहानगरपालिका अन्तर्गतको विभिन्न खोप केन्द्रहरुबाट गत माघ १४ गतेदेखि फागुन ११ गते सम्ममा १ हजार ३ सय ६६ जना व्यक्तिलाई कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाइएको जानकारी दिए । गत वैशाख ७ गतेदेखि जेठ ११ गतेसम्म कोभिशिल्डको दोस्रो डोज खोप सञ्चालन भई अधिकांश व्यक्तिलाई दोस्रो डोजको खोप पूरा भएको थियो । सो अवधिमा सञ्चालित खोप कार्यक्रममा विभिन्न कारणले केही व्यक्तिहरु छुटेका थिए । उनीहरुलाई असार १ गते कोभिशिल्ड खोप लगाईने भएको हो ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ८ : ४५ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण