नेपाललाई उच्च शिक्षाका लागि सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा « Khabarhub

नेपाललाई उच्च शिक्षाका लागि सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु सात अर्ब २० करोड (६० मिलियन अमेरिकी डलर) सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्र्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोस व्यक्त गरेका छन् ।

“मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको छ”, बैंकको देशीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ८ : २० बजे

निर्वाचन लक्षित : पेट्रोलियम पदार्थको खुला बिक्रीमा रोक

मान्म– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा

सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र छ : गगन थापा 

बुटवल– नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी

व्यासमा अपाङ्गता स्रोत कक्षा सञ्चालन

दमौली– तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गताको प्रकृतिअनुसार छ वटा स्रोत कक्षा

चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा श्रेष्ठलाई सम्मान

काठमाडौं– चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा नेपाल चेम्बर अफ