नेपाललाई उच्च शिक्षाका लागि सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा « Khabarhub

नेपाललाई उच्च शिक्षाका लागि सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु सात अर्ब २० करोड (६० मिलियन अमेरिकी डलर) सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्र्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोस व्यक्त गरेका छन् ।

“मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको छ”, बैंकको देशीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ८ : २० बजे

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादवकाठमाडौं– उपराष्ट्रपति

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।