व्यासमा अपाङ्गता स्रोत कक्षा सञ्चालन « Khabarhub

व्यासमा अपाङ्गता स्रोत कक्षा सञ्चालन


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गताको प्रकृतिअनुसार छ वटा स्रोत कक्षा सञ्चालित विद्यालय छन् । नगरभित्रका विभिन्न वडामा सञ्चालित विद्यालयमा अपाङ्गता स्रोत कक्षाहरू व्यवस्थापन तथा समायोजनमा चुनौती थपिएको छ । 

व्यास नगरपालिका–६ सिसाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक प्रकृतिका अपाङ्गता भएका १२ जना विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् । 

विद्यालयमा स्रोत शिक्षकको पदपूर्ति हुन सकेको छैन भने विद्यालयको छानो चुहिने समस्या रहेको विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेले बताए । विद्यालयको कक्षाकोठा सुधार गरी स्थानान्तरण गर्ने योजना रहेको उनले बताए । 

व्यास नगरपालिका–५ स्थित साँगे शेराटारमा रहेको सिन्धु आधारभूत विद्यालय बौद्धिक अपाङ्गता स्रोत कक्षामा १८ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन् । विद्यालयमा पर्याप्तमात्रामा खेल मैदानको कमी हुँदा विद्यालय अगाडिको सडकमा विद्यार्थीलाई दुर्घटनाको जोखिम हुने गरेको छ ।

व्यास नगरपालिका–१३ स्थित सिद्धबेनी माध्यमिक विद्यालयमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षामा १६ जना विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन् । 

स्रोत कक्षा हेरविचार गर्ने कर्मचारी नहुँदा स्रोत कक्षा व्यवस्थापनमा चुनौती रहेको विद्यालयका प्रधानाध्यापक रोदन थापाले बताए । व्यास नगरपालिका–१ स्थित बुद्ध दाहाल बहिरा विद्यालयको बहिरा स्रोत कक्षामा २० जना बहिरा विद्यार्थी अध्ययनरत छन् । 

सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा विद्यार्थीलाई साङ्केतिक भाषामार्फत निःशुल्क आवासीय शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक कमला पौडेलले बताइन् । 

व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डिदेवी माध्यमिक विद्यालयमा दृष्टिसम्बन्धी अपाङ्गता भएका सात जना विद्यार्थी अध्ययनरत छन् । पाँच जना विद्यार्थी आवासीय रुपमा छन् भने दुई जना घरबाट आवतजावत गर्ने गर्छन् । 

स्रोत कक्षामा तनहुँ जिल्लाका विभिन्न वडाका दृष्टिसम्बन्धी अपाङ्गता बालबालिकालाई ब्रेललिपिमार्फत शिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोख्रेलले जानकारी दिए । 

व्यास नगरपालिका–२ अमरापुरी जनसेवा प्राथमिक विद्यालयमा ११ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । 

अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले विभिन्न वडामा छरिएर रहेका बौद्धिक प्रकृतिका अपाङ्गता भएका स्रोत कक्षालाई समायोजन गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सन्दर्भमा नगरप्रमुख वैकुण्ठ न्यौपानेसमक्ष प्रस्ताव राखिएको बताए । 

उनले भने, ‘बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने विद्यालय समायोजन गरेर पढाउन सकिए प्रभावकारी हुने थियो ।’

सो प्रस्तावबारे नगर प्रमुख न्यौपानेले बौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यालयको अनुकूल वातावरण मिलाइ आवासीय स्रोत कक्षाका पूर्वाधार निर्माण गर्ने सवालमा स्थलगत अध्ययन गरी एकीकृत स्रोत व्यवस्थापन गर्ने सवालमा आफू सकारात्मक रहेको बताए । 
 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  २ : १५ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज