गण्डकीमा मुख्यमन्त्रीसहित पाँच मन्त्रीले लिए शपथ, मनाङे फेरि बने मन्त्री « Khabarhub

गण्डकीमा मुख्यमन्त्रीसहित पाँच मन्त्रीले लिए शपथ, मनाङे फेरि बने मन्त्री


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

शनिबार बेलुकी करिब साढे आठ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई आफ्नै निवासमा शपथ खुवाएकी हुन् ।

आजै नियुक्त भएका मुख्यमन्त्री पोखरेलले कांग्रेस, माओवादी, जनता समाजवादीका एक एक जना र स्वतन्त्र सांसद राजीव गुरुङलाई समेट्दै मन्त्रिपरिषद गठन गरेका हुन् ।

कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद गुरुङले विनाविभागीय मन्त्री पदको शपथ खाएका हुन् ।

पोखरेलले मुख्यमन्त्रीसहित अर्थ ऊर्जा जलस्रोत तथा खानेपानी, कानुन सञ्चार तथा प्रदेश सभा मामिला, पर्यटक उद्योग वाणिज्य तथा आपूर्ति, भूमी व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था, युवा तथा खेलकुद, वन वातावरण तथा भूसंरक्षण, शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा लिएका छन् ।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले शुक्रबार ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : ०९ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा