चोरी मुद्दाका फरार अभियुक्त १३ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

चोरी मुद्दाका फरार अभियुक्त १३ वर्षपछि पक्राउ


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– चोरी मुद्दामा कैद सजायको फैसला तोकिएका फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दोलखाको मेलुङ गाउँपालिका–२ घर भएका २८ वर्षीय गोपी कटुवाललाई शुक्रवार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी भेषराज रिजालका अनुसार दोलखा जिल्ला अदालतले ०६५ असोज २० मा कटुवाललाई ११ वर्ष १ महिना ५ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार थिए । पक्राउपछि अदालतको आदेशले उनलाई जिल्ला कारागार दोलखामा थुनामा पठाइएको छ ।

साविक घाङसुकाठोकर गाविस–४ घर भएका गोपीले २०६५ वैशाख १६ मा फस्कु गाविस–१ स्थित चरङ्गे जंगलमा तुलसा बुढाथोकी र कालिका बुढाथोकीको साथमा रहेको नगद तथा गहना जबरजस्ती चोरी गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ३० बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन