कार्यदलको सहमति अनुमोदन गर्न एमाले स्थायी कमिटी बैठक बस्दै « Khabarhub

कार्यदलको सहमति अनुमोदन गर्न एमाले स्थायी कमिटी बैठक बस्दै


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

कार्यदलमा सहमति जुट्न ढिलाइ भएपछि हिजोका लागि बोलाइएको बैठक आजका लागि सारिएको हो । बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

लामो समयदेखिको अन्तरविरोध समाधान गर्दै एमाले विवाद समाधान कार्यदलमा सहमति जुटेपछि पार्टी  विभाजन हुनबाट जोगिएको छ ।

कार्यदलले आइतबार राति १० बुँदे सहमति सार्वजनिक गरेपछि एमालेभित्र उत्साह छाएको छ ।

कार्यदलले तयार गरेको ‘विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ लाई मङ्गलबार बस्ने केन्द्रीय कमिटीको बैठकले समेत अनुमोदन गर्नेछ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १० : २९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष