गुपचुप प्रेममा यी अभिनेत्रीहरु « Khabarhub

गुपचुप प्रेममा यी अभिनेत्रीहरु


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा कैयौं जोडी आफ्नो प्रेमजीवनलाई लिएर चर्चा पाउछन् र खुलेआम आफ्नो प्रेमलाई व्यक्त गर्छन् । त्यहीँ केही अभिनेत्रीहरु छन्, जो निजी जीवनका बारेमा कुरा गर्न चाहदैनन् । उनीहरु प्रेम गर्छन्, तर त्यो प्रेमलाई जहिल्यै लुकाइरहन्छन् ।

अभिनेत्री मौनी राय मोहित रैनासँग सम्बन्धमा रहँदा उनले निजी जीवनको बारेमा कुरा गर्न चाहिनन् । हालका दिनमा उनी दुबईका व्यापारी सुरज नाम्बरियासँग डेटमा छिन् । उनीहरु चाँडै विवाह गर्दैछन् । तर मौनीले यो विषयमा मुख खोलेकी छन् ।

अभिनेत्री सोनाक्षी सिन्हा र बन्टी सचदेवा पनि बलिउडका प्रेम जोडीका रुपमा परिचित छन् । तर सोनाक्षीले अहिलेसम्म यो सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकारेकी छैनन् ।

अभिनेत्री मिनिषा लाम्बाले सन् २०१५ मा रेस्ट्राटर रेयान थामसँग विवाह गरिन् । तर यो सम्बन्ध लामो समयसम्म टिकेन । अहिले मिनिषाको जीवनमा नयाँ पुरुषको प्रवेश भइसकेको छ । तर ती पुरुष को हुन् भन्ने उनले खुलाएकी छैनन् ।

अभिनेत्री ज्याकुलिन फर्नान्डिज दक्षिण भारतीय एक व्यापारीसँग डेटमा छिन् । उनीहरु चाँडै नै सँगै बस्दैछन् । ज्याकुलिनले आफ्नो प्रेमीका बारेमा अन्य केही खुलाएकी छैनन् ।

अभिनेत्री श्रद्धा कपूर र रोहन श्रेष्ठको प्रेम सम्बन्धबारे मिडियामा लामै समयदेखि चर्चा भइरहेको छ । श्रद्धा आफ्नो प्रेमजीवनका बारेमा केही कुरा खुलाउदिनन् । तर कैयौंपटक यो जोडी सँगै देखिएका छन् ।

अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले विवाह अघि कैयौं समयसम्म डेट गरे । विवाह अघि विराटसँग सम्बन्धित प्रश्न गर्दा अनुष्का रिसाउने गर्थिन् ।

पछिल्लो पटक सञ्चारमाध्यममा छाएको जोडीका रुपमा अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल छन् । तर कटरीनाले अहिलेसम्म विक्कीसँगको सम्बन्धका बारे मुख खोलेकी छैनन ।

अभिनेत्री सारा अली खान फिल्म एक सहायक फिल्म निर्देशकसँग डेटमा छिन् । तर उनले यो कुरा कतै सार्वजनिक गरेकी छैनन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : १० बजे

इरान–अमेरिका तनाव चर्किँदा इन्धनको मूल्यमा उच्च वृद्धि

एजेन्सी– इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा बढी

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा