देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश « Khabarhub

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सोमबार संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले निवेदकको माग बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो ।

सर्वोच्चको संवैधानिक इजलासले १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।

सर्वोच्चले देउवाको पक्षमा फैसला सुनाउँदै अदालतले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

संक्षिप्त आदेश पढ्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभाको विघटन ७६ (५) र ७ मा रहेको प्रावधान अनुसार नदेखिएको फागुन ११ को सर्वोच्चको व्याख्या मर्मअनुसार नभएकाले यसलाई मान्यता दिन नसकिने बताए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : ३३ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग