कांग्रेसद्वारा सर्वोच्चको फैसलाको स्वागत, पदाधिकारी बैठक हुँदै « Khabarhub

कांग्रेसद्वारा सर्वोच्चको फैसलाको स्वागत, पदाधिकारी बैठक हुँदै


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला विवेकपूर्ण रहेको भन्दै कांग्रेसले फैसलाको स्वागत गर्ने बताए । उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीको आवेगपूर्ण कदमलाई विवेकपूर्ण तरिकाले सच्याएको छ ।’

प्रवक्ता शर्माले कांग्रेस नेतृत्वको सरकार गठनको बाटो खोलेको अवस्थामा अब सरकार निर्माण हुने भन्दै भने, ‘सरकार निर्माण हैन इतिहास निर्माणको अवसर कांग्रेसले पाएको छ ।’

प्रवक्ता शर्माले कांग्रेस पदाधिकारी बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्ने समेत बताए । केहीबेरपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक शुरु हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  २ : ११ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी