नेता नेपालले देउवालाई भने : सरकार गठन गर्दा सबैलाई समेट्नु होस् « Khabarhub

नेता नेपालले देउवालाई भने : सरकार गठन गर्दा सबैलाई समेट्नु होस्


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बन्न लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार गठन गर्दा सबैलाई समेट्न आग्रह गरेका छन् ।

सर्वोच्चको फैसलापछि आगामी रणनीति तय गर्न बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले देउवालाई सक्षम सरकार बनाउन आग्रह गर्दै शुभकामना दिएका हुन् । उनले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधैँ सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन आग्रह गरे ।

बैठकपछि एमाले नेता रघुजी पन्तले वरिष्ठ नेता नेपालले बैठकमा राखेको धारणा उधृत गरेर पत्रकारहरुलाई भने ‘संविधान, लोकतन्त्र र विधिको लागि मैले सधैँ लड्दै आएको छु । शेरबहादुरजीले सबैलाई समेटेर लैजानु पर्नेछ । बदलिएको परिस्थितिमा नेकपा एमालेसंग पनि पर्याप्त छलफल गरेर सहकार्यसहित अगाडि बढ्नुहुने विश्वास लिएको छु ।’

बैठकमा सरकार गठन र सत्ता बाँडफाडका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ३३ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट