नेता नेपालले देउवालाई भने : सरकार गठन गर्दा सबैलाई समेट्नु होस् « Khabarhub

नेता नेपालले देउवालाई भने : सरकार गठन गर्दा सबैलाई समेट्नु होस्


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बन्न लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार गठन गर्दा सबैलाई समेट्न आग्रह गरेका छन् ।

सर्वोच्चको फैसलापछि आगामी रणनीति तय गर्न बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले देउवालाई सक्षम सरकार बनाउन आग्रह गर्दै शुभकामना दिएका हुन् । उनले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो सधैँ सहयोग रहने भन्दै जनताका समस्या समाधान गर्न सक्षम सरकार बनाउन आग्रह गरे ।

बैठकपछि एमाले नेता रघुजी पन्तले वरिष्ठ नेता नेपालले बैठकमा राखेको धारणा उधृत गरेर पत्रकारहरुलाई भने ‘संविधान, लोकतन्त्र र विधिको लागि मैले सधैँ लड्दै आएको छु । शेरबहादुरजीले सबैलाई समेटेर लैजानु पर्नेछ । बदलिएको परिस्थितिमा नेकपा एमालेसंग पनि पर्याप्त छलफल गरेर सहकार्यसहित अगाडि बढ्नुहुने विश्वास लिएको छु ।’

बैठकमा सरकार गठन र सत्ता बाँडफाडका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ३३ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।