देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने विपक्षी गठबन्धनको निर्णय | Khabarhub Khabarhub

देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने विपक्षी गठबन्धनको निर्णय



काठमाडौँ– विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेशपछि बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए ।

उनले भने,‘विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ । भोलि सानो आकारको मन्त्रिपरिषद् गठन हुन्छ । भोलि बिहान फेरि बैठक बसेर आवश्यक निर्णय हुन्छ ।’

नेता खाँणले सहमतिको सरकार बनाउन समेत प्रयास गर्ने बताएका छन् ।

उनले भने,‘हाम्रो प्रयास त देउवाको नेतृत्वमा सहमतीय सरकार बनाउने विषयमा पनि रहन्छ ।’

माधवकुमार नेपाल पक्ष समेत सरकारमा सहभागी हुने बताए । उनले भने,‘आजको बैठकको आयोजक नै वरिष्ठ नेता माधवकुमार नेपाल नै हो ।’

माओवादी केन्द्रका नेता देव गुरुङले सरकारमा सहभागी हुने र पावर सेयरिङबारे छलफल सुरु भएको बताए ।

उनले भने,‘यो प्रक्रियामा सहभागि सबैलाई समेटेर अधिकतम सहमति कायम गरेर अगाडि बढ्ने कुरा भएको छ । पावर सेयरिङबारे शीर्ष नेताहरुबीच अझ छलफल हुनेछ ।’

सबै पक्षहरुलाई लिएर जानुपर्छ भन्नेमा नेताहरुको मत रहेको नेता गुरुङले बताए ।

बैठकपछि एमाले नेता रघुजी पन्तले अहिले नयाँ परिस्थीतिको सिर्जना भएकोले अब सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय एमालेको स्थायी कमिटि बैठकले गर्ने जानकारी दिए ।

उनले एमाले एकता जोगाउन समेत पहल गर्नुपर्ने अबस्था रहेकाले पहिला एमाले एकता जोगाउन काम गर्ने समेत बताए ।

उनले भने,‘सरकारमा जाने विषयमा पार्टीको स्थायी कमिटिको बैठक बस्ला, त्यहाँ छलफल होला। औपचारिक निर्णयपछि सरकारमा जाने वा प्रमुख प्रतिपक्षमा रहने भन्ने कुरा निर्णय हुन्छ । नेकपा एमाले एउटै छ ।’

एमाले एकता जोगाउनका लागि हिजोमात्रै १० बुँदे सहमति जुटिसकेको अवस्थामा अब गठबन्धनमा एमालेको नेपाल समुह नरहने उनले बताए ।

उनले भने,‘विश्वासको मत दिने वा नदिने भन्ने कुरा अहिले भन्न चाहन्न । अहिलेको अवस्थामा गठबन्धनमा निरन्तर हुन सक्ने अवस्था रहन्न । पहिला पार्टी एकतावद्ध बनाउँछौं । अनि राष्ट्रिय राजनीतिमा कस्तो भूमिका खेल्ने भन्ने निर्णय गर्छौँ ।’

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति देउवालाई सबैलाई समेटेर समस्या समाधानका लागि प्रयत्न गर्न आग्रह गरेको नेता पन्तले बताए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : २३ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक