अनपेक्षित र त्रुटिपूर्ण भएपनि सर्वोच्चको फैसला कार्यान्वयन गर्छौँ : एमाले « Khabarhub

अनपेक्षित र त्रुटिपूर्ण भएपनि सर्वोच्चको फैसला कार्यान्वयन गर्छौँ : एमाले


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले सर्वोच्च अदालतको फैसला लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको एमाले स्थायी कमिटी बैठकले अदालतबाटै प्रधानमन्त्री चयन गर्ने आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको हो ।

बैठकले अदालतको आदेश अनपेक्षित र त्रुटिपूर्ण भए पनि फैसला कार्यान्वयन गर्ने जनाएको छ ।

त्यस्तै बैठकले सर्वोच्चको आदेशले शक्ति सन्तुलनको पिल्लरलाई हल्लाइदिने काम गरेको निष्कर्ष निकालिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले जुन दिशातिर राजनीति र प्रणालीलाई लैजान खोजिएको छ, त्यसमा एकदमै चिन्तित भएको बताए ।

उनले पछिल्लो अवस्थाका कारण एमाले चिन्तित भएको बताए । एमाले स्थायी कमिटी बैठक मंगलबार पनि हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ४१ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग