कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे ठोस निर्णय हुन सक्ने « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे ठोस निर्णय हुन सक्ने


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले १४औँ महाधिवेशनको भदौ १६ देखि १९ मा हुन सक्ने या नसक्ने भन्नेबारे ठोस निर्णय हुन सक्ने नेता गुरूराज घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार अब निर्धारित मितिमा महाधिवेशन असम्भव भएकाले प्रतिकात्मक तवरले सो मितिमा ७ वटै प्रदेशका केही पालिकामा सर्वसम्मत अधिवेशन गरेर पुषसम्म महाधिवेशन गरिसक्ने विकल्पमा पार्टी जान सक्नेछ ।

केही कानून व्यवसायीहरुले पनि यस्तो गरेमा पार्टीको बैधतामा खासै अप्ठ्यारो नपर्ने भएकाले निर्वाचन आयोगसँग अनुमति लिने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले पनि भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न सम्भव नदेखिएकोले महाधिवेशनलाई कहिले र कसरी भन्नेबारे केन्द्रीय समितिमार्फत टुंग्याउनु पर्ने निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ६ : ५५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको