ऋण लिनु वा दिनु अघि जान्नैपर्ने कुरा, नत्र हुदैँन फिर्ता « Khabarhub

ऋण लिनु वा दिनु अघि जान्नैपर्ने कुरा, नत्र हुदैँन फिर्ता


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कहिंलेकाही जीवनमा आएका बिभिन्न बाध्यता र समस्याबाट बच्न मानिसले अरुबाट आर्थिक सहायता लिने गर्दछ । यसरी बाध्यतामा मानिसले लिने उधारो वा ऋण कतिपय अवस्थामा समयमा तिर्न सकिँदैन । परिचित, अपरिचित वा बैंक लगायतका संस्थाबाट लिएको आर्थिक कारोबार समयमा तिर्न नसकिएमा मानसम्मानमा समेत ठेस पुग्न सक्छ ।

यतिमात्र होइन कतिपय अवस्थामा आफुले दिएको ऋण पनि समयमा फिर्ता आउँदैन । कसैलाई गरेको आर्थिक सहयोग फिर्ता नहुदाँ दिने मानिस समेत अप्ठेरोमा पर्ने गर्दछ ।

समयमा फिर्ता नआउने मात्र होइन, कहिलेकाहिँ दिएको रकम डुब्न समेत सक्छ । यस्तो अवस्थाबाट बच्न ज्योतिषले केही उपाय सुझाएका छन् । पैसाको उधारो वा लेनदेन गर्नुअघि केही कुराको पालना गरेमा सयमा रकम फिर्ता पाउने र ऋण समेत तिर्न सकिने धार्मीक मान्यता छ ।

पैसाको कारोबार गर्दा हमेशा ध्यान दिनुपर्दछ, कि कारोबारको दिन बुधबार नहोस् । यस दिन भुलेर पनि कसैलाई पैसा दिन नहुने धार्मीक विश्वास छ । अन्यथा बुधबार दिइएको आर्थिक सहयोग, ऋण वा उधारो अत्यन्त मुस्किलले मात्र फिर्ता हुनसक्छ । कतिपय अवस्थामा त फिर्ता नहुन पनि सक्छ ।

यस्तै आफुले अरु कोहिसँग पैसा लिनु परे वा सापटी लिदाँ भुलेर पनि मंगलबार लिनु हुदैन । यस दिन लिइएको उधारो वा ऋण फर्काउन मुस्किल पर्न सक्छ । मंगलबार लिइएको ऋण बर्षाै वा अर्काे पिढिसम्म तिर्न ग्राहो हुनसक्ने ज्योतिषिय मान्यता छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ११ : १५ बजे

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६