यी समान र तरकारी फ्रिजमा नराख्नुहोस् | Khabarhub Khabarhub

यी समान र तरकारी फ्रिजमा नराख्नुहोस्


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा तरकारी, फलफूल र पकाएका खाना छिटो–छिटो बिग्रिने गर्दछ । त्यसैले सकेसम्म यी चिज नबिग्रियोस् भनेर फ्रिजमा राख्ने गरिन्छ । तर, केही यस्ता केही खाना, तरकारी तथा फलफूलहरु छन्, जुन फ्रिजमा राख्दा झन् खराब हुने गर्दछ ।

गोलभेँडा
धेरैले गोलभेँडालाई फ्रिजमा राख्ने गर्दछन् । तर फ्रिजमा राखेको गोलभेँडाको प्राकृतिक स्वाद खराब बन्न जान्छ । साथै चिसोपनाले यसको भित्री झिल्ली मार्छ र चाँडै गिलो बनाइदिन्छ ।

अचार
अचारमा अमिलोपन बढी हुन्छ । त्यसैले यसलाई फ्रिजमा राख्नुभन्दा भान्सा कोठामै राख्नु राम्रो हुन्छ । अचारलाई फ्रिजमा राख्दा अन्य समान पनि बिग्रिन सक्छ ।

आलु
फ्रिजमा कहिल्यै आलु राख्नु हुँदैन । चिसोले आलुमा भएको पोषण तत्व स्टार्च ग्लुकोजमा परिवर्तन हुन्छ । जसले आलुको प्राकृतिक स्वाद हराएर गुलियोपन बढ्दछ । जो स्वाद र स्वास्थ्य दुवैका लागि ठीक हुँदैन । आलु बोरामा ओछ्याएर सुक्खा ठाउँमा राख्नु राम्रो हुन्छ ।

लसुन
लसुन पनि फ्रिजमा राख्नु हुँदैन । धेरै चिसोमा राखेको लसुनको पोषण तत्व नष्ट हुन्छ । लसुन पनि आलुजस्तै सुक्खा स्थान मै राख्नु राम्रो हुन्छ ।

तुलसी पत्ता
तुलसी पत्ताको हरियोपना कायम गर्न फ्रिजमा राख्ने चलन छ । तर, चिसोमा तुलसी पत्तामा पाइने औषधिको मात्रा रहिरहन सक्दैन । यसलाई पानीमा डुबाएर बाहिरी वातावरणमै राख्दा राम्रो ।

प्याज
प्याजमा केही चिसोपन हुन्छ । त्यसैले फ्रिजमा राख्दा ढुसी पर्ने खतरा रहन्छ । प्याज सुक्खा तथा अँध्यारो स्थानमा राख्नु राम्रो हुन्छ ।

ब्रेड
ब्रेड खराब होला भनेर धेरैले फ्रिजमा राख्ने गरेको पाइन्छ । तर, यो गलत तरिका हो । फ्रिजमा राखेको ब्रेडको सुक्खापन हटेर चाँडै ढुसी लाग्ने सम्भावना हुन्छ ।

सलाद
सलादमा तताएको तेल मिसाएर राखिएको छ भने फ्रिजमा भुलेर पनि नराख्नुहोला । तातो र चिसो मिल्दा सलाद बिग्रिने सम्भावना हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ११ : ३५ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ