श्वेतपत्र पूर्वाग्रही ढंगले आएको होइन, तथ्याङ्क गलत भए जिम्मा लिन्छु : अर्थमन्त्री शर्मा « Khabarhub

श्वेतपत्र पूर्वाग्रही ढंगले आएको होइन, तथ्याङ्क गलत भए जिम्मा लिन्छु : अर्थमन्त्री शर्मा


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा देशको अर्थतन्त्रको वास्तविक चित्र पेश गरेको र कतै आग्रह पूर्वाग्रह नराखिएको बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उनले आफूले पेश गरेको तथ्याङ्क गलत भए त्यसको जिम्मा लिन आफू तयार रहेको बताए ।

मन्त्री शर्माले सरकारले संसद्‍मा पेश गरेको बजेटसम्बन्धी अध्यादेशहरू संशोधन र प्रतिस्थापनको निर्णय संसद्‍मा आएर मात्र हुने धारणा राखे । देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा ल्याइएको श्वेतपत्र पूर्वाग्रही ढंगले आएको भन्दै एमाले सांसदहरूले राष्ट्रियसभा अर्थमन्त्री शर्मासँग प्रश्न गरेका थिए ।

अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान बताए । उनले पहिलो मात्रा खोप लगाइसकेका करिब १३ लाख नागरिक लामो समयदेखि दोस्रो खोपको पर्खाइमा रहेको जानकारी दिए ।

त्यसैगरी उनले विद्युत् उत्पादन, व्यापार तथा आन्तरिक खपत बढाएर उत्पादनशील क्षेत्रलाई प्रवर्द्धन गर्दै आयात–निर्यातबीचको खाडल कम गर्नेतर्फ सरकारले जोड दिने बताए ।

अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा कुल राजस्व ९ खर्ब ३८ अर्ब संकलन भएकोमा, संघीय राजस्व ८ खर्ब २९ अर्ब संकलन भएको अर्थमन्त्री शर्माले बताए ।

बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । त्यस्तै “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस” भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ । त्यस्तै लोक सेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस” भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले प्रस्तुत गरेको “विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस” भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।

राष्ट्रियसभाको अर्को बैठक भाद्र १ गते बोलाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ८ : ०१ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर