परीक्षार्थीहरुलाई खोप लगाएर मात्र परीक्षामा सहभागी गराउन राष्ट्रियसभा संसदहरुको माग « Khabarhub

परीक्षार्थीहरुलाई खोप लगाएर मात्र परीक्षामा सहभागी गराउन राष्ट्रियसभा संसदहरुको माग


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले परीक्षार्थीहरुलाई कोरोना भाइरस विरूद्धको खोप लगायएर मात्र परीक्षामा सहभागी गराउन ध्यानाकर्षण गराएका छन् ।

आज बसकेका राष्ट्रिय सभाको बैठकमा बोल्दै संसदहरुले कोरोना महामारीका कारण लाखौ विद्यार्थीहरुको भविष्य अन्योलमा परेकाले खोप लगाउने वातावरण सिर्जना सरकारको माग गरेका हुन् ।

राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले कक्षा १२ को परीक्षा पूर्वतयारी बिना स्थगित गरिएको र विश्वविद्यालय अन्तर्गत विभिन्न तहको परीक्षाको मुखमा रहेका विद्यार्थीले परीक्षा दिने वातावरण सिर्जना गर्न माग गरेका हुन् । विद्यार्थीहरुलाई वैकल्पिक विधिद्वारा परीक्षा दिने व्यवस्था मिलाउन पनि संसदहरुले सरकारसँग माग गरेका छन् ।

सांसद उदया शर्मा पौडेलले पूर्वतयारी बिना कक्षा १२ को परीक्षण स्थगित गरी करिब चार लाख परीक्षार्थीको भविष्य अन्योलमा बताइन् । विद्यार्थीको मनोविज्ञानलाई असर नगर्नेगरी परीक्षार्थीलाई खोपको व्यवस्था गरी परीक्षामा सहभागी गराउन उनले सरकारसँग माग गरिन ।

त्यस्तै अर्की सांसद कोमल वलीले सरकारले शिक्षामन्त्री नियुक्तिमा ढिलाई गरेकाले समग्र शिक्षा क्षेत्र अन्योलमा परेको बताइन । उनले भनिन,‘विद्यार्थीलाई खोप लगाएर वा वैकल्पिक विधिद्वारा भए पनि परीक्षा दिने वातावरण बनाउनु पर्छ ।’

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ८ : १५ बजे

‘दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको जोखिममा’

एजेन्सी– दक्षिण सुडानमा बढ्दो भोकमरी संकटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ– पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ

सरकारी डोजरले ढलेको मनोहरा सुकुम्वासी बस्तीबाट सामान निकाल्ने हतारो

काठमाडौं- सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली

मेटामाथि बालसुरक्षा सम्बन्धी ईयूको गम्भीर आरोप, कारबाहीको चेतावनी

लन्डन– युरोपेली सङ्घ (ईयू) ले सामाजिक सञ्जाल प्लेटफर्महरूमा बालबालिकाको सुरक्षा सुनिश्चित

कांग्रेसले एकैदिन एउटा पूर्णबहादुरलाई राहत दिँदा अर्का पूर्णबहादुरलाई पेल्यो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले विभिन्न नेतासम्बन्धी अनुशासनात्मक विषयमा