सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने | Khabarhub Khabarhub

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ ।

बैठक विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउबाका प्रमुख स्वकीय सचिव भानु देउबाले जानकारी दिए ।

सरकार गठनको दुई महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउबाको आलोचना हुँदै आएको छ । तर, अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको स्रोतले जनाएको छ । यद्यपि कुन मन्त्रालय कसलाई भन्ने विषय भने टुंग्याउने तयारी भएको जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरोध गरिरहेको तथा एमाले विभाजनको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट आउने फैसलापछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनमा आवद्ध दल सहमत भएका छन् ।

गठबन्धनमा दल विभाजनसम्बन्धी अध्यादेश के गर्ने भन्ने विषय पनि छलफलमा छ । अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा गठबन्धनमा एकमत छैन । तथापि एमाले विभाजनको फैसला भदौ २८ मा आउने सम्भावना भएकाले सोही आधारमा विधेयकलाई के गर्ने भन्ने निर्णय गर्ने गठबन्धनमा सहमति छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ८ : २५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असार १३ गते शुक्रबार। असार

आज २०८२ साल असार १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १३ गते शुक्रबार। असार

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल