भरतपुर र पोखरामा विजुलीको तार भूमिगत गर्न साढे ४९ करोड बजेट « Khabarhub

भरतपुर र पोखरामा विजुलीको तार भूमिगत गर्न साढे ४९ करोड बजेट


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भरतपुर र कास्कीको पोखरा महानगरपालिकामा विजुलीका तार भूमिगत गरिने भएको छ ।

जस अनुसार पहिलो चरणमा पोखरा र भरतपुरमा तार भूमिगत हुने  पोखरा र भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले जानकारी दिए ।

उनका अनुसार भरतपुर महानगरको नारायणगढ  पुलचोक, चौबिसकोठी बसपार्क वाइसपास रोड, आपटारी हुँदै पुनः पुलचोकसम्म तार बिछ्याउने काम हुने छ । त्यसका लागि आसयपत्रपछि जारी भइसकेको छ । बोलपत्र आह्वानको तयारी छ ।

पोखरा र भरतपुरमा विजुली तार भूमिगत गर्न ४९ करोड ६८ लाख ३१ हजार ८९९ रुपैयाँ लाग्ने आयोजना  प्रमुख झाले जानकारी दिए । टाटा प्रोजेक्ट लिमिटेडले ललितपुर र भक्तपुरमा तार भूमिगत गरिरहेको छ । यो लिमिटेडले भरतपुर र पोखरामा पनि तार भूमिगत गर्न आशयपत्र पेस गरेको छ ।

आयोजनाका अनुसार  भरतपुरमा ३३ केभीको नौ सर्किट किलोमिटर, ११ केभीको ७५ सर्किट किलोमिटर,४०० केभीको ७० सर्किट किलोमिटर र २८ किलोमिटर अप्टिकल फाइबर भूमिगत हुनेछ ।

यस्तै, पोखरामा ११ केभीको ४८ सर्किट किलोमिटर, ४०० भोल्टको ३३ सर्किट किलोमिटर र ५५ किलोमिटर अप्टिकल फाइबर लाइन भूमिगत गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ ।

अब विद्युतको तारसँगै अप्टिकल फाइबर बिछ्याइने भएकाले इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजनजस्ता सेवा प्रदायकहरुले सो अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १० : १० बजे

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार

मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन

काँक्रेविहार– भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ

एजेन्सी– अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो