मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि घाइते भएका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ का २५ वर्षीय अवी श्रेष्ठ रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘आज बिहान गल्फुटार चोकस्थित सडकखण्डमा चक्रपथबाट हातिगौँडा चोकतर्फ आउदै गरेको बागमती प्रदेश ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको विद्युत्को खम्बामा ठक्कर खादाँ चालक घाइते भएका थिए, निजलाई त्रिवि शिक्षण अस्पताल पठाइएको र उपचारका क्रममा मृत्यु भएको हो ।’

उक्त दुर्घटनाका विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  २ : ३२ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.