भरतपुर र पोखरामा विजुलीको तार भूमिगत गर्न साढे ४९ करोड बजेट « Khabarhub

भरतपुर र पोखरामा विजुलीको तार भूमिगत गर्न साढे ४९ करोड बजेट


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भरतपुर र कास्कीको पोखरा महानगरपालिकामा विजुलीका तार भूमिगत गरिने भएको छ ।

जस अनुसार पहिलो चरणमा पोखरा र भरतपुरमा तार भूमिगत हुने  पोखरा र भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले जानकारी दिए ।

उनका अनुसार भरतपुर महानगरको नारायणगढ  पुलचोक, चौबिसकोठी बसपार्क वाइसपास रोड, आपटारी हुँदै पुनः पुलचोकसम्म तार बिछ्याउने काम हुने छ । त्यसका लागि आसयपत्रपछि जारी भइसकेको छ । बोलपत्र आह्वानको तयारी छ ।

पोखरा र भरतपुरमा विजुली तार भूमिगत गर्न ४९ करोड ६८ लाख ३१ हजार ८९९ रुपैयाँ लाग्ने आयोजना  प्रमुख झाले जानकारी दिए । टाटा प्रोजेक्ट लिमिटेडले ललितपुर र भक्तपुरमा तार भूमिगत गरिरहेको छ । यो लिमिटेडले भरतपुर र पोखरामा पनि तार भूमिगत गर्न आशयपत्र पेस गरेको छ ।

आयोजनाका अनुसार  भरतपुरमा ३३ केभीको नौ सर्किट किलोमिटर, ११ केभीको ७५ सर्किट किलोमिटर,४०० केभीको ७० सर्किट किलोमिटर र २८ किलोमिटर अप्टिकल फाइबर भूमिगत हुनेछ ।

यस्तै, पोखरामा ११ केभीको ४८ सर्किट किलोमिटर, ४०० भोल्टको ३३ सर्किट किलोमिटर र ५५ किलोमिटर अप्टिकल फाइबर लाइन भूमिगत गर्ने तयारी भएको प्राधिकरणले जनाएको छ ।

अब विद्युतको तारसँगै अप्टिकल फाइबर बिछ्याइने भएकाले इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजनजस्ता सेवा प्रदायकहरुले सो अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १० : १० बजे

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग

काठमाडौं– गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’