विद्यालय खोल्ने निर्णय पुनर्विचार गर्न काठमाडौँका प्रजिअले डाके बैठक  « Khabarhub

विद्यालय खोल्ने निर्णय पुनर्विचार गर्न काठमाडौँका प्रजिअले डाके बैठक 


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना महारीको कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ ।

कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक आज बस्दैछ ।

बैठकले यसअघि असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयमा पुनः छलफल गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।

‘दिउसो ३ बजे जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा असोज १ गतेदेखि विद्यालय खोल्ने की तत्काल नखोल्ने भन्ने विषयमा छलफल हुन्छ’, रिजालले भने, ‘सदस्यहरूले जे सल्लाह दिनुहुन्छ त्यही आधारमा निर्णय गर्छौँ ।’

उनले सम्भवतः आजै ललितपुर र भक्तपुरमा पनि डिसिसिएमसीको बैठक बसेर विद्यालय खोल्ने विषयमा छलफल हुने खबर पाएको बताए । तीनवटै जिल्लाको डिसिसिएमसीको निर्णयपछि तीनै प्रमुख जिल्ला अधिकारीको बैठक बसेर यसबारेमा निर्णय गरिने पनि उनले जानकारी दिए ।

गत सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित स्थानीय तहका शिक्षा समिति अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिहरूको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको थियो ।

बैठकले स्वास्थ्य अवस्थाको जोखिम हेरेर सम्बन्धित स्थानीय तहले विद्यालय खोल्ने निर्णय गर्न सक्ने निर्णय गरेको थियो । असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयले अभिभावक र विद्यार्थीलाई अन्योलमा पारेको छ ।

दसैँको मुखमा अधिकांश विद्यार्थी गृहजिल्लामा भएकाले विद्यालय खुल्दा अफ्ठेरो हुने अभिभावकले बताएका छन् । गृहजिल्ला गएका विद्यार्थीका अभिभावकले भने दसैँपछि मात्रै विद्यालय खोल्न माग गरिरहेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ११ : १० बजे

कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार

जुम्ला– ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार

मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा विजयी

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन

काँक्रेविहार– भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था

मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ

एजेन्सी– अस्ट्रेलियाको मेलबर्नका विभिन्न सपिङ सेन्टरहरूमा अपराध विरुद्धको कारबाहीको पहिलो