स्वास्थ्य मापदण्ड पालना गरेर इन्द्रजात्रा मनाउन मेयर शाक्यको आग्रह | Khabarhub Khabarhub

स्वास्थ्य मापदण्ड पालना गरेर इन्द्रजात्रा मनाउन मेयर शाक्यको आग्रह


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा पर्व मनाउन अपिल गरेका छन् ।

विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तरराष्ट्रिय स्तरमा पनि छ । इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवस्थित ढंगले बनाउन सबैलाई अपिल गर्दछु,’ शाक्यले भने, ‘इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रहमा हामीले ३ सय जनााई खोपको व्यवस्था गरेका छौँ । आवश्यक परे थपलाई पनि व्यवस्थापन गर्न तयार छौँ ।’

शाक्यले विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गर्ने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताए ।

‘कोभिडपछि हामी जात्रा सार्वजनिक रुपमा मनाउन गैरहेका छौँ । ‘जात्रालाई भव्य रुपमा मनाउनुपर्छ,’ शाक्यले भने, ‘यस्तो अवस्थामा अग्रपङ्तिमा रहेर जात्रा चलाउँदै आएका गुठियारलाई सचेत भएर स्वास्थ्य मापदण्डको पालना गरी आफू–आफू सचेत भएर मनाउन आग्रह गर्दछु,’ ।

मेयर शाक्यले कोभिडको त्रास अझै कायमै रहेकाले जात्रामा अग्रपङ्त्तिमा खट्नै पर्नेले मात्रै सहभागी हुन अनुरोध गरेका छन् ।

‘अरुले टाढै बसेर व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर इन्द्रजात्रा मनाउनु होला । इन्द्रजात्रा हामीले व्यवस्थित गर्न सकेको अवस्थामा अन्य जात्रा पनि बनाउन थप सहज हुन्छ’ उनले भने ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ११ : १९ बजे

सबैको पहुँचमा खानेपानी पुर्‍याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको

रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौं- साउदी प्रो लिग क्लब अल-नासरले ४० वर्षीय सुपरस्टार क्रिस्टियानो

सुमनाले भनिन्- शिक्षा र स्वास्थ्यमा नाफा गर्न पाइँदैन, १५ वर्षपछि निजी विद्यालय गैरनाफामूलक बनाऊँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले शिक्षा र

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक

लेबनानमा इजरायली हवाई आक्रमण, हिजबुल्लाहका दुई सदस्यको मृत्यु

एजेन्सी – लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई