स्वास्थ्य मापदण्ड पालना गरेर इन्द्रजात्रा मनाउन मेयर शाक्यको आग्रह « Khabarhub

स्वास्थ्य मापदण्ड पालना गरेर इन्द्रजात्रा मनाउन मेयर शाक्यको आग्रह


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा पर्व मनाउन अपिल गरेका छन् ।

विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तरराष्ट्रिय स्तरमा पनि छ । इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवस्थित ढंगले बनाउन सबैलाई अपिल गर्दछु,’ शाक्यले भने, ‘इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रहमा हामीले ३ सय जनााई खोपको व्यवस्था गरेका छौँ । आवश्यक परे थपलाई पनि व्यवस्थापन गर्न तयार छौँ ।’

शाक्यले विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गर्ने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताए ।

‘कोभिडपछि हामी जात्रा सार्वजनिक रुपमा मनाउन गैरहेका छौँ । ‘जात्रालाई भव्य रुपमा मनाउनुपर्छ,’ शाक्यले भने, ‘यस्तो अवस्थामा अग्रपङ्तिमा रहेर जात्रा चलाउँदै आएका गुठियारलाई सचेत भएर स्वास्थ्य मापदण्डको पालना गरी आफू–आफू सचेत भएर मनाउन आग्रह गर्दछु,’ ।

मेयर शाक्यले कोभिडको त्रास अझै कायमै रहेकाले जात्रामा अग्रपङ्त्तिमा खट्नै पर्नेले मात्रै सहभागी हुन अनुरोध गरेका छन् ।

‘अरुले टाढै बसेर व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर इन्द्रजात्रा मनाउनु होला । इन्द्रजात्रा हामीले व्यवस्थित गर्न सकेको अवस्थामा अन्य जात्रा पनि बनाउन थप सहज हुन्छ’ उनले भने ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ११ : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्